लन्डन -एनआरएनए अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन १२ बुँदे घोषणापत्रजारी गर्दे सकिएको छ । युगान्डाको कम्पालमा दुइ दिनसम्म चलेको सम्मेलन आज सकिएको हो । सम्मेलनले पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गरेको छ ।
बैठकले भनेको छ, पछिल्लो समय अफ्रिकाका बिभिन्न मुलुकमा रोजगारीमात्र नभई लगानीकर्ता र बिज्ञका रुपमा नेपालीको उपस्थिति बढ्दो छ । तर हाल इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूताबास रहेको हुँदा अन्य मुलुकमा कार्यरत नेपालीले समस्या भोग्नुपर्र्ने बाध्यता छ । यो यथार्थतालाई ध्यानमा राखी पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने र तत्काल ती र अन्य मुलुकमासमेत अबैतनिक महाबाणिज्यदूत नियुक्त गर्नका लागि नेपाल सरकारसमक्ष यो बैठक अनुरोध गर्दछ । त्यसमा महाबाणिज्यदूत छनौट गर्ने प्रकृयामा सघाउन संघ तयार रहेको छ ।
त्यस्तै बेठकले नेपालबाट अफ्रिकी मुलुक हुँदै अबैधानिक रुपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढ्दै गएको भन्दै सरकारलाई ध्यानर्कषण गराएको छ ।






