लन्डन । सहारा यूकेमा नयां नेतृत्व चयन भएको छ । शनिबार अल्डरसटको भेटघाट रेष्टुरेन्टमा सम्पन्न वार्षिक साधारणसभाले कुमार गुरुङको अध्यक्षतामा आगामी दुई वर्षका लागि का लागि नयां कार्यसमिति चुनेको हो ।
नयां कार्यसमितिमा एफसी चियरमेन कृष्ण गुरुङ, एफसी सिइयो मनोज गुरुङ, उपाध्यक्ष ले. कुसान गुरुङ, महासचिव धनु थकाली, सचिव बाचस्पति रेग्मी, कोषाध्यक्ष शारदा गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङ, र सदस्यमा मिलन तमु चयन भएका छन् ।

पूर्ण कार्यसमितिका लागि बांकी सदस्य पछि चयन गरिने बताइएको छ । २००८ को अक्टोबरमा नवीन गुरुङको अध्यक्षतामा पोखराको सहारा क्लबलाई सहयोग गर्ने उदेश्यमा गठन भएको सहारा युकेको यो छैटौं कार्यकाल हो ।
तस्विर : मिलन तमु






