चार्ल्टन नेपाली समाज युकेले नेपाली समुदायका घरहरुमा बढदो चोरीको समस्यालाई मध्यनजर गर्दै स्थानिय निकाय र सुरक्षा अधिकारीहरुको सहकार्यमा एउटा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । समाजको आयोजनामा स्थानिय चार्ल्टन हाउसमा संचालन गरिएको उक्त छलफल भेलामा मेट्रोपोलिटन पुलिसको सेफर नेबर हुडका अधिकारी थोमस अट, काउन्सिलरहरु म्याथ्यु पेनिकुक, ग्यारी पार्कर, आलन मकार्थी तथा अपराध छानबिन बिभाग ( सी आई डी) का ड्यानियल स्मिथ र साइमन कुथ्बर्गको सक्रिय सहभागिता थियो । उनीहरुले समुदायको सुरक्षा सम्बन्धि चासोलाई सम्बोधन गर्न आफुहरु तत्पर रहेको बताएका छन । तथ्यांकगत रुपमा चार्ल्टन ईलाकामा अपराध घटेको देखिए पनि नेपाली समुदायका घरहरुमा बढ्दै गईरहेको चोरीको रोकथाम गर्न सकिने उपायहरु बारे क्याबिनेट बैठकमा कुरा उठाउने आस्वाशन दिए ।
मेट्रोपोलिटन पुलिसको तर्फ बाट बोल्दै कन्स्टेबल थोमस अटले समुदाय संगको आपसी सहकार्य र अपराध सम्बन्धि सतर्कता लाभ दायक हुने बताए । त्यस्तै छलफलमा आफ्नो धारणा राख्दै सी आई डी अफिसर हरुले अपराधि पत्ता लगाउने पहिलो आधार नै सूचना भएकोले सु सुचित हुने र आफुहरुलाई सुचित गर्नु पर्ने कुरामा जोड दिए । साथै उनीहरुले आफ्नो घरमालको सुरक्षा प्रवन्ध कसरी गर्ने भन्ने बारे प्रकाश पारे ।
समाजका अध्यक्ष्य रोमनाथ पाण्डेको सभापतित्वमा सम्पन्न गोष्ठीको संचालन सचिव टि एन रिजाल र मंजु खरेलले गरेका थिए । उपाध्यक्ष टंक कंडेलले स्वागत मतब्य दिए । समाजका सल्लाहकार द्वय एल एन पाण्डे र यादब भण्डारीले बृहत प्रिजेण्टेशन प्रस्तुत गर्दै चोरीको शिकार बन्दा हुने सुरक्षा आत्मविश्वासको कमी र दुरगामी भावनात्मक असरको ब्यापक चर्चा गरे ।
त्यसैगरी सल्लाहकार नरेन्द्र कंडेलले कार्यशाला गोष्ठीको नतिजा सम्बन्धि चर्चा गरे भने अर्का सल्लाहकार फत्त थापाले धन्यबाद ज्ञापन गरे । तत्पश्चात गरिएको प्रश्नोत्तर सेशनमा चोरीको चपेटामा परेका दर्जनौ सहभागी हरुले आ आफ्ना घरमा चोरी हुदाको अनुभव र सुरक्षा चासो सम्बन्धि खुलेर छलफल गरे । अन्त्यमा सहभागीहरु प्रति आभार व्यक्त गर्दै अध्यक्ष रोमनाथ पाण्डेले आजको कार्यक्रम लाभमुलक हुने विश्वास व्यक्त गरे । कार्यक्रममा आयोजकहरुले अपेक्षाकृत भन्दा कम बताए पनि स्थानिय नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो ।
साउथ ईस्ट लण्डनकोचार्ल्टन वासी नेपालीहरुको साझा संस्था चार्ल्टन नेपाली समाजको प्रत्यक्ष जन सरोकारको यो पहलकदमीलाई सबैले मुक्तकण्ठले सराहना गरेका छन । ” नेपाली समुदायका घरहरुमा हुने चोरी तुरुन्तै कम गर्न सकिने भन्दा पनि सम्बन्धित निकाय सम्म हाम्रो आवाज पुर्याउन आजको कार्यक्रम उपयोगी भएको छ ” एक सहभागीले बताए ।
फडिन्द्र भट्टराई
चार्ल्टन समाजको चोरी रोकथाम कार्यशाला






