अगलागीमा परी दुई बालिकाको मृत्यु

नुवाकोट, ३० फागुन । नुवाकोटको मदानपुर गाविस-९ पाखुरेमा एक गोठमा आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको छ । बालिकाहरु खेल्ने क्रममा गोठमा अगलागी भएको थियो । आगोमा परेर पाखुरेका विरेशकुमार लामाका छोरीहरु ६ वर्षकी रश्वु लामा र साँढे दुई वर्षकी फुच्ची लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।

आगोमा परेर गम्भीर घाइते भएकी रविशकी छोरी पाँच वषिर्या दिक्षा लामालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

फुच्ची गोठमै डेढको अवस्थामा भेटिएको र रश्वुलाई जुरेथुममा भएको स्वास्थ्य शिविरमा उपचारका लागि लैजादा मृत्यु भएको स्थानीयले बताए ।