एसिया प्याशेफिक सम्मेलनमा सहभागि एनआरएनलाई पिक टावर भ्रमण गराइयो

किरण बुढाथोकी /हङकङ 

हङकङमा एसिया प्याशेफिक सम्मेलनमा सहभागि एनआरएनलाई पहिलो दिन पिक टावर भ्रमण गराएको छ । एनआरएन हङकङको विशेष पहलमा विश्वभरीबाट सहभागि एनआरएनलाई पिक टावरको भ्रमण गराइएको छ । पिक टावरको भ्रमण सकाएर साझ भब्य रात्री भोज गराइएको छ ।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा नेपाल सरकारको तर्फबाट कृषि मन्त्री चक्रप्राणी खनाल सहभागि भइसकेका छन् भने वर्तमान अध्यक्ष भवन भट्ट भोली आउँदैछन् ।  कार्यक्रममा एनआरएन एसिया प्याशेफिक संयोजक किरणविक्रम थापा, एनआरएन हङकङ अध्यक्ष एवं सम्मेलन तयारी समिति सदस्य सचिव राधिका गुरुगं (टिका )ले सम्मेलनको औपचारिक उद्घाटन भोली हुने भएपनि सम्मेलन भने शूरु भएको घोषणा गरेका छन् ।

बैठक भोली बिहान ८ बजे हङकङस्थित हार्वर ग्राण्ड कौलँन होटलमा औपचारिक रुपमा उद्घाटन गरिदैछ । सम्मेलनको उद्घाटन नेपाल सरकारको तर्फबाट कृषि मन्त्री चक्रप्राणी खनालले गर्नुहुनेछ भने साथम संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, निवर्तमान अध्यक्ष शेष घले विशेष अतिथिको रुपमा सहभागि भएका छन् ।

सम्मेलनको आज पहिलो दिन रजिष्टेशन शूरु गरिएको छ रजिष्टेशनको कामलाई भोलीसम्म जारी राखिने भएको छ । एनआरएन एसिया प्याशेफिक सम्मेलन तयारी समिति सदस्य सचिव एवं एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) का अनुसार सम्मेलन भोली बिहान ८ बजे औपचारिक रुपमा कार्यक्रम शूरु गरिनेछ । त्यसका लागि विश्वभरीबाट एनआरएनएहरु सहभागि हुनु भएको हो ।

एनआरएन एसिया प्याशेफिक संयोजक किरण थापाका अनुसार सम्मेलनमा अहिलेसम्म एनआरएन आइसिसीको तर्फबाट उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, ओसनीय क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिवकुमार बरुवाल, एनआरएन प्रवक्ता भुषण घिमिरे, एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन महिला उपाध्यक्ष सपिला राजभण्डारी, महिला फोरम संयोजक रजनी प्रधान, एनआरएन बेल्जियम अध्यक्ष लोकप्रसाद दाहाललगायतको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *