एनआरएन यूकेको टोलीले बेलायती प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै

लन्डन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोलीले बेलायती प्रधानमन्त्री टेरेसा मेलाई भेट्ने भएको छ । टोलीले बेलायतमा सन् २०२१ मार्च महिनामा हुन गइरहेको जनगणनामा एसियन मात्र नभएर नेपाली क्याटागोरी पनि राख्न अनुरोध गर्ने तयारी गरेको छ ।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन ज्ञापनपत्र सहित बेलायतको प्रधानमन्त्री टेरेसा मेको निबासमा यहि आउँदो डिसेम्बर ५ तारिक बिहान ११ बजे  भेट्ने कार्यक्रम रहेको एनआरएन युकेका महासचिब आरके त्रिपाठीले जानकारी गराए   ।

अल्डरसटमा गत बुधबार एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा युके नेपाल फेलोसिपका अध्यक्ष आलान सान्का सहित संयुक्त रुपमा बसेको बैठकले त्यस विषयमा निर्णय गरेको छ। सो बैठकमा रसमोर बरो काउन्सिलका डेभीड ल्कीफोर्ड र एनआरएन युकेका संरक्षक योगेन क्षत्री, रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेलवासे, उपाध्यक्ष रामधन राई, एनआरएन युकेका उपाध्यक्षहरु पुनम गुरुङ, शेरबहादुर सुनार, प्रेम गाहा मगर,थर्क सेन, तमुधी युकेका उपाध्यक्ष हितकाजी गुरुङ,सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ,ओम प्रसाद थापा, एनआरएन युकेका सल्लाहकारहरु दिलरास गुरुङ, पत्रकार पूर्ण गुरुङ,वाचस्पति रेग्मी, मिलन तमु गुरुङ, लगायतको उपस्थिति थियो ।

नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पूरा भएको छ । बेलायतमा नेपालीहरुको बसोबासको क्रम बढिरहेकाबेला जनगणनामा नेपाली नै उल्लेख गर्न एनआरएन यूकेले दबाब गरिरहेको छ । यही विषयमा एनआरएनए युकेको आफ्नै कार्यालय अल्डरसटमा छलफल भएको हो।

एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घलेको अगुवाइमा यस अघिनै एक कार्यक्रम भएको थियो । काउन्सिल लिडर डेभीड र युकेनेपाल फ्रेन्डसिप सोसाइटीको अध्यक्ष आलान सान्का लगायत स्थानीय संघसस्थाहरुको प्रमुखहरु सहितको कार्यक्रम  भएको छ। तस्बिर:मिलन तमू

Leave a Reply

Your email address will not be published. Required fields are marked *