सक्रिय एनआरएन हङकङ : जुट्यो एसिया प्याशिफिकको छैठौ क्षेत्रिय सम्मेलनको अन्तिम तयारीमा

शिव भण्डारी /लन्डन 

गैर आवासीय नेपाली संघ एसिया प्याशिफिकको छैठौ क्षेत्रिय सम्मेलन तथा प्रथम महिला एसिया प्यासिफिकको तयारीमा एनआरएन हङकङ निकै सकृयपूर्वक लागिपरेको छ । सम्मेलनको लगभग ८० प्रतिशत काम सम्पन्न भइसकेकोले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको समिति सदस्य सचिव एवं एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका )ले जानकारी दिइन् ।

सम्मेलनमा उपस्थित हुने सहभागिको लागि होटल बुकिङदेखि आवश्यक अन्य तयारी भइसकेको छ । शुक्रबार मात्र होटलको अन्तिम तयारी विषयमा बुझन एनआरएन हङकङको टोली त्यसतर्फ गएको थियो । सम्मेलन तथा बैठक हङकङस्थित हार्वर ग्राण्ड कौलँन होटलमा हुँदैछ ।

हङकङमा सम्मेलन तयारीका लागि क्षेत्रीय संयोजक किरण थापा, सहसंयोजकद्वय विनोद कुँवर र पारसमणी पोख्रेल र प्रत्येक देशका अध्यक्षसहितको समिति गठन गरिएको थियो । आयोजकको नाताले एनआरएनए हङकङ अध्यक्ष टिका गुरुङलाई सदस्य सचिवको जिम्मेवारी तोकीएको थियो । बैठकलाई सफलताका साथ सम्पन्न गर्न स्थानीय रुपमा अध्यक्षको संयोजकत्वमा कार्यसमिति, संरक्षक समिति, सल्लाहकार समितिलगायत सम्मिलित एक सय एघार जनाको तयारी सहयोग समितिको गठन गरिएको थियो ।

आगामी डिसेम्बर ८ र ९ तारिख गरि दुई दिन सम्म हुने सम्मेलन ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दाहित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने नारासाथ हुन लागेको हो । सम्मेलनमा क्षेत्रीयस्तरबाट सहभागि एनसिसी प्रतिनिधिहरुले सो क्षेत्रको समस्याका विषयमा गहिरो छलफल गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा चीन, हङकङ, जापान, मकाउ, मलेशिया, म्यान्मार, फिलिपिन्स, साउथ कोरिया, सिङ्गापुर, थाइल्याण्डलगायत गरि २० भन्दा बढी मुलुकबाट करि दुई सयजनाको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

सम्मेलनको पहिलो दिन प्रतिनिधि दर्तालगायतका कार्यालय सम्बन्धी कार्यक्रम रहने छ भने दोश्रो दिन बैठक सम्पन्न गरिने कार्यक्रम रहेको छ । बैठकको उद्घाटन नेपालको मन्त्रीबाट हुनेछ । एनआरएनएले यही सम्मेलनमा प्रथम पटक एसिया प्यासिफिक महिला भेलासमेत आयोजना हुने अधयक्ष गुरुङले जानकारी दिएकी छन् । महिला भेलाका लागि एनआरएनए हङकङकि महिला संयोजक अनु राईलगायतको टीम सक्रियरुपमा लागेको अध्यक्ष गुरुङले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *