बेलायतमा सुरु भएको विश्व महिला सांसद सम्मेलनमा उपसभामुखद्वारा सम्बोधन

लण्डन । बेलायतमा बिहीबारदेखि सुरु भएको विश्व महिला सांसद सम्मेलनमा उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सम्बोधन गर्नुभएको छ ।

महिलाहरुलाई पनि मताधिकार प्रदान गरिएको १ सय वर्ष पुगेको सन्दर्भमा लन्डनमा भएको सम्मेलनमा उपसभामुख डा. तुम्बाहाङ्फेले बालिका शिक्षाबारे प्रवचन दिनुभएको थियो । उहाँलेकम विकसित मुलुकहरुमा सामाजिक साँस्कृतिक प्रचलन, धार्मिक विश्वास, शिक्षाको उपयोगिताप्रतिको अज्ञानता, लैंगिक विभेद र विद्यालयमा कमजोर भौतिक सुविधा बालिका शिक्षाका अवरोधहरु रहेको उल्लेख गर्नुभयो ।

उपसभामुख डा.तुम्बाहाङ्फेले नेपालमा बालिका शिक्षालाई प्रबद्र्धन गर्न संवैधानिक र नीतिगत व्यवस्थाहरु मिलाइएको उल्लेख गर्नुभएको छ । अनिवार्य र नि:शुल्क शिक्षालाई मौलिक हकमा नै राखिएको बताउँदै उहाँले यसले विद्यालय जानबाट रोकिएका कयौं बालबालिकाले शिक्षाको उज्यालो पाएको बताउनुभएको छ ।

सबै तहका जनप्रतिनिधिहरुले कम्तिमा एकजना गरिव, पिछडिएको, दलित र बहिष्करणमा परेका बालबालिकालाई आधारभूत तहसम्म शिक्षाको दायित्व बहन गर्ने अभियानले धेरै बालबालिका विद्यालयसम्म पुगेको उपसभामुखले बताउनुभयो । उहाँले महिला सांसदहरुको विश्व सम्मेलनले पनि विश्वभरका बालिकाहरुको शिक्षाका अवरोधकको निक्र्यौल गर्दै साझा धारणा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *