शिब भण्डारी ,
लन्डन । हिन्दु धर्मावलम्बीको महान चाड विजया दशमी सबैको घर आगनमा भित्रीनै लागेको छ । नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले नेपालीहरुको महान चाड विजया दशमी भव्य रुपले मनाउने तयारी गरेको छ ।
एनबिसी यूकेले आउंदो अक्टोवर महिनाको १४ तारिख दसैँ विशेष कार्यक्रमको आयोजना गर्ने भएको हो ।
साउथ ह्यारो स्थित ‘ ह्यारो फूटबल क्लबमा’ आयोजना हुने कार्यक्रममा बेलायतका लागी नेपाली राजदुत महामहिम डा दुर्गा वहादुर सुवेदीको प्रमुख आतित्थ्य रहनुका साथै नेपालका चर्चित हास्य कलाकार शैलेन्द्र सिमखडाको हासो र व्यंग्यले भरिपूर्ण विभिन्न मनोरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति गरिने अध्यक्ष मिलन घिमिरेले जानकारी दिए ।
दशैं पनि मनाउने पेट मिची मिची हास्न पाइने, तनाब टेन्सन भगाउन हास्न जरुरी छ,नेपालका चर्चित हास्य कलाकार शैलेन्द्र सिमखडाको भनाइ छ ।
सांझ ६ बजेदेखि राती १० बजेसम्मका लागि कार्यक्रम निर्धारित छन् ।कार्यक्रममा सहभागिताको लागि मात्र २० पाउण्डको टिकट राखिएको छ भने ५ देखि १० वर्ष मुनिका बाल-बालिकाहरुलाई मात्र १० पाउण्डको टिकट राखिएको छ ।
कार्यक्रममा सहभागिताका लागि एनबिसी यूकेले सम्पुर्ण लण्डनबासी नेपालीहरुलाई अपील गरेको भिडियो हेर्नुहोस:-






