लण्डन । साउथ इस्ट लण्डन प्लम्स्टेडमा सम्वृद्धि रियल स्टेट कम्पनिको सम्पर्क कार्यालय उद्घाटन गरि शुभारम्भ गरिएको छ ।

अन्तरास्ट्रिय स्तरको ब्याबसायिक रियल स्टेट सेवा नेपालमा प्रदान गर्ने अभिप्रायले खोलिएको उक्त कम्पनीले विस्वको धेरै मुलुकमा आफ्नो सम्पर्क कार्यालय खोल्ने र नेपालको ठुला सबै सहरहरुमा पुग्ने उद्देस्य अनुरुप उक्त सम्पर्क कार्यालय खोलिएको हो ।

एनआरएनए युकेका उपाध्यक्ष एबम सम्वृद्धि रियल स्टेटको मार्केटिंग डाईरेक्टर ललित न्यौपाने तथा कम्पनीका सेल्स डाईरेक्टर सुमन राई ले संयुक्त रुपमा उद्घाटन गरेको उक्त कार्यक्रममा एनआरएनए युकेका उप महासचिब बिनय अधिकारी ,सचिब एबम बिजिबेस बिभाग संयोजक सुरोज मास्के ,सदस्य एबम रोयल बरो अफ ग्रीनवीचका महासचिब जित रानाभाट ,सदस्य एबम झापाली समाज युकेका अध्यक्ष अर्कराज तिम्सिना ,सदस्य राजन खकुरेल ,एनआरएनए युके राज्य समन्वय विभागका सचिब मुकुन्द बास्तोला ,,एनआरएनएयुके राज्य समन्वय विभागका का सदस्य एबम जेन्स युकेका महासचिब तिलक भट्टराई ,बुद्ध फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठ ,पशुपति मन्दिरका अध्यक्ष सहदेब गिरि ,रोयल बरो अफ ग्रीनवीचका अध्यक्ष हरि गोबिन्द गुरुङ ,पासापुच गुठीका अध्यक्ष कुमार श्रेष्ठ ,पासापुच गुठीका साउथ इस्ट अध्यक्ष सुशील प्रजापति ,इनास ग्लोबलका महासचिब मनिष कुमार श्रेष्ठ,एच एस एम पी का निबर्तमान महासचिब चन्द्र कार्की ,सुर्य एंड कम्पनीका डाईरेक्टर सुर्य के सी ,बरिस्ट साहित्यकार बासु सशी शर्मा , बिनोद न्यौपाने , ब्यबसायी मदन पौडेल ,राम प्रसाद शर्मा ,दिलिप तामांग ,पत्रकार सन्दिप के सी , लगायतको उपस्थिति रहेको थियो ।

कम्पनीका सहायक कार्यकारी अधिकृत एवम् बजार निर्देशक ललित न्यौपानेले अब बेलायतमा बस्ने नेपालीहरुले नेपालको प्रोपटिको लागि पनि अन्तरास्ट्रिय स्तरको रियल स्टेट सेवा युकेमा नै प्रदान गरिने , ‘कतिपय नीतिगत अन्योलका कारण गैरआवासीय नेपालीले ढुक्कसँग लगानी गर्न सकिरहेका छैनन् । अब ती अन्योलहरु पनि क्रमश समाधान हुँदैछ ।’ उनले भने ।

घरजग्गाको सही मूल्यांकन, व्यवसायिक फोटोग्राफी, मार्केटिङ, व्यावसायिक मोलतोल, परामर्श र सरल प्रक्रियाबाट कारोबार गर्ने भएकाले कम्पनीप्रति व्यवासायीको आकर्ष बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै, सस्तो सेवाशुल्क, दक्ष र अनुभवी रियल्टर, प्रशस्त छनोट सुविधा, हाउजिङ लोनको व्यवस्थाका कारण पनि समृद्धिको कारोबार उल्लेख्य हुने विश्वास कम्पनीसम्बद्धहरुको छ ।

नेपाल र नेपालीलाई सम्बृद्ध बनाउने पबित्र उद्देस्य लिएको यस कम्पनीको सफलताको शुभकामना व्यक्त गर्दै सेवा लिन एबम सहकार्य गर्न तयार रहेको उक्त कार्यक्रमका सहभागीहरुले बताएक थिए ।

फेसबुक कमेन्ट