एनआरएन यूकेले स्वास्थ्यमन्त्री यादवसँग अन्तरक्रिर्या गर्ने

लन्डन । एनआरएन यूकेले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगग अन्तरक्रिर्या कार्यक्रम आयोजना गर्ने भएको छ । यही अक्टोबर ९ र १० गरि दुई दिनसम्म लन्डनमा आयोजना गरिन मानसिक स्वास्थ्यसम्बन्धि मन्त्रीस्तरीय विश्व सम्मेलनमा भाग लिन बेलायत आउन लागेको मन्त्रीसँग एनआरएन यूकेले सो कार्यक्रम तय गरेको हो ।

एनआरएन यूकेका महाससचिव राज कुमार त्रिपाठीका अनुसार द प्यालेस अल्डरसटमा बिहीबार साँझ ६ बजे पछि आयोजना हुने कार्यक्रममा बनमन्त्री शक्ति बस्नेत समेत उपस्थित हुने तय भएको छ । लन्डनस्थित नेपाली दूतावासले आगामी अक्टोबर १० तारिक बुधबार साँझ दूतावास भवनमा एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।