एनआरएन र गोर्खाको नागरिकताको पक्षमा नयां शक्ति बेलायतको ज्ञापनपत्र

लण्डन । गैरआवासीय नेपाली र भूपू गोर्खाहरुको नागरिकताका पक्षमा ध्यानक आकर्षण गर्न लण्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई एक ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।

नेपालको संसदमा छलफल चलिरहेको गैर आवासीय नेपालीहरुलाई नागरिकता प्रदान गर्ने प्रावधानहरुमा गैर आवासीय नेपालीहरु र भू पु गोर्खालीहरुको नागरिकताको निरन्तता हुनु पर्ने भन्दै सोमबार ज्ञापनपत्र बुझाइएको हो । पत्र बुझाउने नेतृत्व गरेका अन्तर्रास्ट्रिय नेपाली समाजका केन्द्रिय संयोजक धन गुरुंगले एक पटकको नेपाली संधैको नेपाली रहने भन्दै ज्ञापनपत्र बुझाइएको बताए ।

प्रवासीहरुको नोट मात्र चल्ने तर तिनलाई नागरिकता र राजनैतिक अधिकारबाट बन्चित गराउन नहुने भन्दै नागरिकताको सवालमा गैर आवासीय नेपाली र भूपू गोर्खाहरुलाई भेदभाव नगर्न आग्रह गरिएको अन्तराष्ट्रिय नेपाली समाजका युकेका उपाध्यक्ष हेम गुरुङले लन्डन नेपाल न्युजलाई जानकारी गराए ।

हाल सम्म बेलायत स्थित दलहरुका प्रवास संगठनहरुमा नयाँ शक्ति बेलायत सबैलाइ समन्वय गर्दै यसरी जनसरोकारको मुद्धामा जागरण अभियान चलाएर ज्ञापन पत्र बुझाउने एक मात्र संस्था बनेको छ । दुतावासका उपनियोग प्रमुख,प्रवक्ता तथा कन्सुलर शरद राज आरनलाई उक्त ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा अनेसका संयोजक धन गुरुंग,पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुङ , तमु समाजका युकेका अध्यक्ष शिव चन्द्र गुरुङ्ग,समाजसेवीहरू खेमन गुरुङ तथा ज्ञाम् गुरुङ लगायतको उपस्थिति थियो ।

अनेसले केहि हप्ता अघि विज्ञ तथा सम्बन्धित पक्षहरुलाई भेला गरेर अन्तरक्रिया गरेर बेलायतस्थित सबै संघ संस्था , गैर आवासीय नेपाली संघ लगायतको धारणालाई समेटी यो ज्ञापन पत्र तयार गरेर बुझाइएको समाजका बेलायत संयोजक हनेरि ल्याप्टेन चन्द्र गुरुङले जानकारी दिए ।