श्रृजनशील लेस्टर समाजको सांस्कृतिक साँझमा चर्चित गायक बिमल क्षेत्री आउदै

लण्डन । श्रृजनशील लेस्टर समाजले चर्चित गायक बिमल राज क्षेत्रीको एकल लोक सांस्कृतिक साँझ कार्यक्रम गर्ने भएको छ ।

आगामी अक्टोबर १ तारिख सोमबार सांझ लेस्टर रेल्वेमेन्स क्लबमा  ‘लोक सांस्कृतिक सांझ ‘ गर्न लागिएको हो ।

उक्त कार्यक्रममा चर्चित गायक बिमल राज क्षेत्रीले सांगीतिक प्रस्तुति दिने समाजका अध्यक्ष बलराम चापागाईले जानकारी दिएका छन् ।

समाजले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । यसपटकको कार्यक्रममा भने मनोरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति गरिने भएको छ । सांझ ५ :३० बजेदेखि मध्य रात सम्मका लागि कार्यक्रम निर्धारित छन् ।

कार्यक्रममा लोकदोहोरी लगायतका विभिन्न मौलिक सांस्कृतिक प्रस्तुति एबम डिजे धमाका कार्यक्रमका मुख्य आकर्षण रहने नारायण फुयालले लण्डन नेपाल न्यूज़ डट कम लाई बताए ।

यसैबीच १२ पाउण्डको टिकट राखिएको सो कार्यक्रममा सहभगि भएर मनोरन्जन लिन महासचिब पुण्डरी अर्यालले आव्हान गरेका छन् ।

कार्यक्रम हुने स्थान :

leicester railwaymens club and institute ,

leicester street

LE5 4FS