नेपाल–भारतबीचको खुला सीमामा हुने दुरुपयोग तत्काल रोक्न माग

काठमाडौं– सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल–भारतबीचको खुला सीमा दुरुपयोग हुन नदिन सरकारसँग माग गरेका छन् । सीमाविद् श्रेष्ठले नेपाल–भारतबीचको सीमा चरम दुरुपयोग भएको स्मरण गराउँदै त्यसलाई तत्काल रोक्न सरकारसँग माग गरेका हुन् ।

बुधबार ललितपुरमा आयोजित ‘खुला सिमानाः अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खुला सीमाकै कारण दुई देशबीच अपराधिक गतिविधिमा वृद्धि भएको पनि स्पष्ट पारे । सीमाविद् श्रेष्ठले आतंककारी गतिविधि गर्नेहरुलाई निष्तेज पार्न पनि सरकारले खुला सीमाको दुरुपयोग हुन नदिने व्यवस्था गर्न ढिलाई गर्न नहुने आवश्यक्ता औंल्याए ।

सीमाविद्हरुले खुला सीमालाई अवसरभन्दा चुनौतीको रुपमा लिएर सोही अनुसारको काम, कार्वाहीलाई अघि बढाउन नेपाल–भारत दुवै पक्षबीच विस्तृत छलफल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।