लन्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले आगामी एनआरएन डे को अवसरमा संघले सञ्चालन गरेका सबै प्रोजेक्ट हस्तान्तरण गर्ने बताएका छन् । संघको परियोजना आगामी महिनाभित्र हस्तान्तरण गरिसक्ने तयारी भइरहेको अध्यक्ष भट्टले जानकारी दिएका छन् ।
लाप्राक नमुना बस्ती लगायतका एनआरएनएका महत्वकाँक्षी परियोजना आगामी महिना हस्तान्तरण गरिने तयारी थालीएको अध्यक्ष भट्टको भनाइ छ । एनआरएनले आफ्नै भवन, शंख्खमुल पार्क, लाप्राक प्राजेक्टलगायतका परियोजना सञ्चालन गदै आइरहेको छ ।






