कञ्चनपुरको स्थिति तनावग्रस्त, प्रहरीको गोली लागेर युवकको मृत्यु

कन्चनपुर । कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा स्थानीय वासिन्दाले गर्दै आएको प्रदर्शनकाक्रममा शुक्रबार पनि झडप हुँद एकजनाको मृत्यु भएको छ ।

शुक्रबार अपराह्न महेन्द्रनगरमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर १७ वर्षीय चेतन भट्टको मृत्यु भएको हो ।

प्रहरीको गोली लागी घाइते भएका भट्टको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएको हो ।

तर, प्रहरीले भने झडपमा घाइतेमात्रै भएको र उपचारका लागि भारत लैजाने भन्दै मृतकको शव नै गायब बनाएको दाबी स्थानीयले गरेका छन् ।