बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने

????????????????????????????????????

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने बताएका छन् ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ पाउदूरस्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहको उद्घाटन गर्दै उनले अबको शिक्षा प्रविधियुक्त हुनुपर्ने उल्लेख गरे ।
जनता आफैं उद्यमी बन्ने खालको शिक्षाको खाँचो औँल्याउँदै उहाँले ढिकुरपोखरीमा एग्रोयन्जिनियरिङ क्याम्पस स्थापना गर्न ढिलाइ गर्नु नहुने बताए ।

पाँच वर्षमा गरिबी ५० प्रतिशत घटाएर प्रदेशलाई मुलुककै नमूना प्रदेशका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले आगामी पाँच वर्षभित्र वृद्धभत्ता मासिक रु पाँच हजार पु¥याउने योजना रहेको बताए ।

सङ्घीय सांसद दुर्गा विकले विगतको शिक्षा प्राविधिक नहुँदा धेरै नेपाली बेरोजगार बस्नु परेको स्मरण गर्दै शिक्षालाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिइन् ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले नैतिक शिक्षाको खाँचो रहेको बताउँदै रोजगारमूलक शिक्षा विद्यालय तहबाटै पठनपाठन गराउनुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य राजीव पहारीले सो विद्यालयलाई रु ३३ हजार मूल्य बराबरका दुई वटा युरोगाड सहयोग गर्दै अन्नपूर्ण गाउँपालिका–३ मा एक घर एक धारा अभियानलाई पूर्णता दिन आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।