लण्डन । गैरआवसिय नेपाली संघ (एनआरएन) युकेले जुलाई २३ तारीख काउडेन स्थित ‘नमस्ते सिम्ला प्यालेस रेस्टुरेन्ट’ मा दिउँसो २ बजे राज्य समन्वय परिषद भेलाको आवहान गरेको छ।
उक्त भेलालाई सफल बनाउने उदेश्यले जुलाई २२ तारीखका दिन “ग्लास्गो” मा अन्तरकृया कार्यक्रम पनि आयोजना हुने भएकोले उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण स्कटल्याण्डबासी नेपालीहरुलाई संघले अनुरोध गरेको छ ।
स्कटल्याण्ड राज्य परिषदको पहिलो भेलाका लागि प्रतिनिधि तथा स्कटल्याण्ड स्थित एनआरएन यूकेका सल्लाहकार भोला खलानले स्कटल्याण्डका सबै नेपाली तथा संघ संस्थाका प्रतिनिधिहरु संग छलफल गरि सोही अनुसार कार्यक्रमको तयारी गरिएको जानकारी गराएका छन् ।
साथै सम्पूर्ण स्कटल्याण्डबासीहरुको उल्लेखनिय उपस्थिति रहने अपेक्षा गरिएको उक्त भेलाले यूके एनआरएन र स्कटल्याण्ड बीच सुमधुर सम्बन्ध र सहज रूपमा कार्य सम्पादनकालागि उचित वातारण बन्ने विश्वास व्यक्त गर्दै सो कार्यक्रममा सहभागी भइ कार्यक्रमलाई सफल बनाइदिनु हुन एनआरएन यूकेले सम्पूर्ण स्कटल्याण्डबासी नेपालीहरुलाई हार्दिक अनुरोध गरेको छ ।
यसै बीच कार्यक्रमलाई सफल बनाउनको लागि एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामी , उपाध्यक्ष शेर सुनार, प्रेम गाहा मगर ,महासचिव आरके त्रिपाठी, उपमहासचिव विनय अधिकारी, धर्म विभाग संयोजक होमनाथ पौडेल, एनआरएन आयरल्यान्डका अध्यक्ष नवराज कोइराला, पूर्व अध्यक्ष गणेश प्रसाईं, पत्रकार ध्रुबराज अर्याल, शिव भण्डारी र उर्जाविद विश्वनाथ कंडेल लगायत दर्जनौको उपस्थिति रहेको छ ।
कार्यक्रम आयोजना हुने स्थान र समय:-
अन्तरक्रिया हुने मिति: २२ अगस्त, आइतबार
स्थान: 1 priory Avenue, Paisley, Glasgow, PA3 4NS
समय : बिहान१० बजे
राष्ट्रिय भेला:- २३ तारिख, सोमबार
स्थान: नमस्ते सिम्ला प्यालेस रेस्टुरेन्ट, सेन्टट्रल पार्क, काउडेनबीच, KY4 9QQ
समय: दिउँसो २ बजे






