नेपाल–भारतबीचको सम्बन्ध अब समान हैसियतमा पुग्योः प्रधानमन्त्री ओली

k|wfgdGqL cf]nL –kqsf/ ;Dd]ng ef/tsf] tLg lbg] /fhsLo e|d0f ;s]/ :jb]z kms{g' ePsf k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ lqe'jg cGt/f{li6«o ljdfg:yndf cfof]lht kqsf/ ;Dd]ngdf e|d0fsf]] af/]df hfgsf/L lbg'x'Fb} . tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई समान हैसियतमा पुर्याउन आफू सफल भएको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले नाकाबन्दीका बेला चिसिएको भारतसँगको सम्बन्धलाई आफूले नेपालको इतिहासमै पहिलोपटक बराबरीको हैसियतमा ल्याउन सफल भएको पनि स्पष्ट पारे ।

काठमाडौं बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणपछि भारत र चीनसँग कुनै चिसोपना, आशंका नरहेको दावी पनि गरे । उनले सरकार विनापूर्वाग्रह राष्ट्र निर्माणमा समर्पित भएर लागि परेको दावी गर्दै सरकारमाथि हुने आलोचना, सुझाव, टिप्पणीलाई स्वागत गरेर अघि बढने पनि स्पष्ट पारे ।

उनले प्रमुख प्रतिपक्ष काँग्रेसप्रति लक्षित गर्दै गालीगलौज र अश्लिलताभित्र कुनै दम नहुनेमा आफू सचेत रहेको समेत बताए । प्रधानमन्त्री ओलीले सरकार बलियो भएकाले यसलाई ढाल्ने खेल सम्भव नभएको समेत बताए । उनले मुलुकको समृद्धिका लागि बाह्य तथा आन्तरिक परिस्थिति सबैभन्दा अनुकूल रहेको पनि स्मरण गराए ।