काठमाडौं । नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी दुबै नेपाली चलचित्र जगतका लोकप्रिय र चर्चित कलाकारहरु हुन् । आर्यनको चकलेटी लूक मा सबै फिदा छन भने साम्राज्ञीको सुन्दरता र बोलिबाट प्रभावित हुने धेरै छन् । दुबै लभ स्टोरी चलचित्रबाट नै चर्चित भएका हुन् । दबै नायक नायिकाको फ्यान पनि धेरै हुनाले यि दुइको जोडीमा बनेको नयाँ चलचित्र ‘कायरा’ को पर्खाइमा धेरै छन् ।
यसैले पनि साउनको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कायरा’मा यी दुइको रोमान्स, विछोड, पीडा र भोगाई हेर्न सबै आतुर छन् ।लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यो चलचित्रका केही तस्बिरमा आर्यन र साम्राज्ञी रोमान्टिक देखिएका छन् । लामो समयसम्म पर्दामा आर्यनलाई नदेखेका दर्शकका लागि यो चलचित्र विशेष हुनेछ ।
आर्यन र साम्राज्ञीको जोडी पर्दामा कस्तो देखिएला भन्ने कौतुहलता दर्शकमा देखिएको छ साथै ट्रेलर सार्वजनिक भएलगतै यस चलचित्रले आर्यनको करिअर फर्काउने र साम्राज्ञीको स्टारडम बढाउने अपेक्षा गरिएको छ । आर्यन र साम्राज्ञीको जोडी कतिको मन पराउने हो थाहा पाउन भने अझै कुर्नु पर्नेछ ।






