काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु हुँदैछ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे उरुग्वे र फ्रान्स भिड्नेछ भने राति पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुनेछ ।
अन्तिम ८ मा पोर्चुगललाई २-१ गोल अन्तरले हारउदैँ उरुग्वे क्वटरफाइनलमा पुगेको थियो भने, अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराउदैँ फ्रान्सले अन्तिम ८ को यात्रा तया गरेको थियो ।
यसैगरि आजै राति पौने १२ बजे हुने दोस्रो क्वार्टरफाईनल खेलमा ब्राजिल र बेल्जियम भिड्नेछन् । राउण्ड अफ सिक्सटिनमा मेक्सिकोलाई हराउँदै ब्राजिल तथा जापानलाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा पुगेका हुन् ।
ब्राजिल र बेल्जियमबिचको यो भिडन्तलाई संभावित दावेदारहरुको भिडन्तको रुपमा हेरिएको छ ।






