लन्डनमा दिदीबहिनी समूहले तीज मनाउँदै,मन्दिरलाई सहयोग गर्ने तयारी

लन्डन– दिदी बहिनी समूहले लन्डनमा तीज कार्यक्रम मनाउने भएको छ ।

हरितालिका तीजका अवसरमा आगामी अगस्ट ११ तारिखमा तीज कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमबाट संकलन भएको रकम श्री पशुपतिनाथ मन्दिर लन्डनलाई सहयोग गर्ने तयारी छ ।

रेडिकल क्लव प्लमस्टिड लन्डनमा हुने कार्यक्रमका लागि १५ पाउण्ड टिकट दर तोकिएको छ ।