लन्डन । आगामी अब्टोवरमा नेपालमा हुने विज्ञ सम्मेलनको तयारी स्वस्प अमेरिकामा दुई दिने विज्ञ भेला तथा अमेरिका एनसिसीको साधारणसभा शूरु भएको छ । सो भेलामा केही समयमा नेपाल सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्व मन्त्री डा. प्रकाश चन्द्र लोहनी, रेवती प्रसात भुषाल लगायतले सम्बोधन गर्दैछन् ।
एनआरएनए केन्द्रको तर्फबाट अध्यक्ष भवन भट्ट, पुर्व अध्यक्ष एवं संरक्षक जिवा लामिछाने, उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, महासचिव डा। बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा. हेमराज शर्मा लगायतको उपस्थिति छ । सम्मेलन अमेरिकाको क्यालिफोर्निया सनफ्रान्सिस्को स्थित होटेल डलव ट्रिमामा गरिएको हो । अमेरिका क्षेत्र अन्तरगत एनआरएन चिली, एनआरएन ब्राजिल, एनआरएन क्यानडा र एनआरएन अमेरिका पर्दछन् ।






