एनआरएन मध्यपूर्व क्षेत्रको छैठौ सम्मेलन अगष्ट २४ र २५ युएईमा हुने

लन्डन । एनआरएन मध्यपूर्वको छैठौं क्षेत्रीय सम्मेलन भने आगामी अगष्ट २४ र २५ मा हुने भएको छ । मध्यपूर्वका १२ देशका एनसिसी तथा आइसिसी प्रतिनिधिको सहभागीतामा सो सम्मेलन हुने भएको हो । कार्यक्रममा नेपालबाट परराष्ट्र र श्रममन्त्री सहितको टोलीलाई सहभागी गराउने गरि समन्वय भइरहेको मध्यपूर्व संयोजक आरके शर्माले जानकारी दिए । एनआरएनएले हरेक दुई वर्षमा विभिन्न क्षेत्रीय समितिको भेला गर्दै आएको छ ।