डा. देवकोटाको स्वास्थ्यबारे अस्पतालले निकाल्यो विज्ञप्ती

काठमाडौं– पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यबारे हिजो रातिदेखिनै सामाजिक सञ्जालमा हल्लाहरू चल्न थालेपछि अस्पतालले विज्ञप्ती जारी गरेको छ ।

अस्पतालले सामाजिक सञ्जालमा आएका हल्लाहरु निराधार रहेको जनाएको छ । बिहान करिब ७ बजेर ५६ मिनेट जाँदा उनलाई उपचार गराइँदै गरेको अस्पतालको आईसीयू कक्षबाट बाहिर ल्याइएको थियो। ह्विल चेयरमा रहेका उनलाई अक्सिजनसहित बाहिर निकालिएको थियो।

डा. देवकोटाको स्वास्थ्यका बारेमा सामाजिक संजालमा आएका विषय सत्य नभएको उनको परिवार र उनी उपचाररत अस्पतालले स्पष्ट पारेका छन्।

न्यूरो अस्पताल र देवकोटाको परिवारले शनिबार बिहान प्रेस नोट जारी गर्दै अस्पतालबाट जारी गरिने आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेका छन्।