लन्डन- नेपाल आइडल टप फोर नवगायक सागर आले र गायिका मीना लामा लण्डन आइपुगेका छन् ।
फार्नब्रोको फार्नब्रो फुटबल क्लव मैदानमा यही शनिबार (जुन ९ तारिख) हुने नेपाली ओपन कन्सर्टमा सहभागी हुन सागर आले सहित मिना लामा हिथ्रो विमानस्थलमा उत्रिए । विमानस्थलमा यसरी गरियो स्वागत स्थलगत भिडियो रिपोर्ट —
उनीहरुलाई स्वागत गर्न संघका अध्यक्ष नेम थापा मगर ,महासचिब लाल बहादुर पुन , एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामी , नेत्र आले, शान्ति थापा कुँवर,सरु गुरुङ राना मगर, कार्यक्रम संयोजक बम बहादुर सुर्यवंसी मगर, मगर महिला संघ अध्यक्ष छविमाया पुन , महासचीव लाल बहादुर पुन, कोषाध्यक्ष नेत्र आले, नीधीराज थापा, लक्ष्मी आले, रत्न थापा , रुक आले धन रोका ,पदमा राना मगर लगायत दर्जनौ विमानस्थल पुगेका थिए ।
कार्यक्रममा सागर आले सहित अहिलेकी चर्चित गायिका एबम बेली डान्सर प्रिती आले ,लोकगायक विमलराज क्षेत्री, इन्द्रेणी कार्यक्रमकी सञ्चालक समेत रहेकी गायिका मीना लामाको प्रस्तुति रहनेछ ।
कार्यक्रममा करिब ३ देखि ५ हजार दर्शक आउने आयोजकको अनुमान छ । कन्सर्टका लागि जुनियर र सिनियर सिटिजनका लागि १० पाउण्ड, अग्रिम बुकिङमा १२ पाउण्ड र सोही दिन किन्दा १५ पाउण्ड तोकिएको छ ।
आयोजकले कार्यक्रममा आएर भरपुर मनोरन्जन लिन तथा कलाकारहरुलाई हौसला प्रदान गर्न बिशेष आग्रह गरेका छन् ।








