ग्रेटर रशमोरको भिक्टोरिया डे ९ जुनमा

ET2013-0209-03 Petty Officer 2nd Class (PO2) David P-Gagnon salutes while passing the dais at Centennial Square, Victoria, BC during the 116th Annual Victoria Day Parade. Capt (N) Luc Cassivi, Base Commander CFB Esquimalt is the Reviewing Officer for the 19 May 2014 Victoria Day Parade. Victoria Day is a federal Canadian public holiday celebrated on the last Monday before May 25th, in honour of Queen Victoriaís birthday. Image by: Cpl Brandon O'Connell, MARPAC Imaging Services

लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले आगामी ९ जुनमा ‘भिक्टोरिया डे’ मनाउने भएको छ । कम्युनिटीले यस वर्ष पनि शनिबार बेलायतकी महारानी एलिजावेथ द्वितीयको जन्म दिन (भिक्टोरिया डे) विशेष कार्यक्रम गरि मनाउन लागेको हो । कम्युनिटीको सक्रिय पहलमा स्थानीय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष साझेदारी र सहकार्य गरि भिक्टोरिया डे मनाइने अध्यक्ष जीव बेल्बासेले बताए । उक्त कार्यक्रममा बेलायतका सबैजसो नेपाली संघ-संस्थालाई आमन्त्रण गरिएको छ ।

कम्युनिटीले उक्त ऐतिहासिक कार्यक्रम सफल तुल्याउन समस्त नेपाली समुदायसमक्ष अनुरोध गरेको छ । उपाध्यक्ष नेम थापा संयोजक रहेको उक्त कार्यक्रममा नौमती बाजाको रौनक र नेपाली नाच आकर्षण रहनेछन् । विभिन्न धर्म, जात जाती एवं संस्कार भएका समुदायको संस्कृति झल्कने पहिरन सहित करिब दुईसय भन्दा बढि नागरिक परेडमा सहभागी हुने र सडकमा तीन हजार भन्दा बढि स्वागतका लागि लामवद्ध हुने आशा गरिएको छ ।

गत वर्ष झैं यस वर्ष पनि कार्यक्रममा मगर संघ यूके, तमुधिं यूके, मद्दत समूह, बिसीसी यूके, किरात राई यायोख्खा, याक्थुङ्ग चुम्लुङ्ग, साइ सेन्टर फानब्रो, क्षेत्री समाज यूके, किरात सुनुवार सेवा समाज यूके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर, थकाली समाज यूके, गेसो, नया युवा, तमुधिं आमा समूह, पेलु संघ लगायतका संस्थाहरुको उत्साहजनक सहभागिता रहने वरिष्ठ उपाध्यक्ष राम धन राईले जनाए ।

यसै बीच परेड संयोजक बीर बलालले कार्यक्रममा सहभागीलाई परेड तयारीका लागि १० बजे नै प्रिन्सेस हल कार पार्कमा उपस्थित भइदिन अनुरोध गरेका छन् ।

प्रमिला लाबुंग राई

प्रबक्ता ग्रेटर रशमॊर नेपाली कम्युनिटी