बालकृष्ण ढुङ्गेलबारे सर्वोच्चले आज कस्तो फैसला गर्ला ?

????????????????????????????????????

काठमाडौँ- कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालिन् माओवादीका नेता बालकृष्ण ढुङ्गेललाई कैद सजाय मिनाहा गर्न लागेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुँदैछ ।

रिटको गत शुक्रबार प्रारम्भिक सुनुवाई भएको थियो ।

अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा कर्तब्य ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई सजायमा भारी छुट दिएर कैदमुक्त गर्न लागेको भन्दै रिट दायर गरेका थिए ।

रिटबारे शुक्रवार भएको प्रारम्भिक सुनुवाईपछि सरकारलाइ जेठ १३ गते अन्तरिम आदेशको सुनुवाईका लागि उपस्थित हुन सूचना जारी गरेको थियो ।

गत २०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै ढुङ्गेललाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।

तर, यो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो ।

पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो । यसैलाई आधार मानेरगएको कात्तिक ७ गते सर्वाेच्च अदालतले एक साताभित्र ढुङ्गेललाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएपछि उनी कात्तिक १४ गते पक्राउ परेका थिए । हाल ढुङेल डिल्लीबजार कारागारमा छन् ।