एनआरएनको टोलीले भेट्यो सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित

लन्डन । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टसहित उपाध्यक्ष कुल आचार्यलगायतको टोलीले संघीय मामिला तथा सामान्य प्रशासान मन्त्री लालबाबु पण्डितसँग भेटभाट गरेको छ । संघका अध्यक्षलगायत पदाधिकारीहरुले लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयको पदभार सम्हाल्नु भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।

सो अवसरमा अध्यक्ष भवन भट्ठ, उपाध्यक्ष कुल आचार्यले मुलुकको समृद्धिबीना व्यक्तिको समृद्धिको खासै अर्थ नरहने तथ्यलाई मध्यनजर गरेर समृद्ध नेपालको निर्माणको अभियानमा होमिएका गैर आवासीय नेपालीहरुलाई नेपालको विकासमा साझेदारको रुपमा सहभागी गराउन आग्रह गर्नुभएको थियो । संघका उपाध्यक्ष कूल आचार्यले विदेशमा बस्ने नेपालीहरुलाई भूपू नेपाली नभनिदिन हुनको लागि सोचिदिन आग्रह गर्नुभएको थियो । सो क्रममा मन्त्री पंडितले आफू गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी गराउन पक्षधर रहेको बताउनुभएको थियो ।