चलचित्र ‘रोजी’ निर्माण हुने खबर आएलगतै यसमा मुख्य भूमिकामा कोको कलाकार हुने भन्ने कुराको खुलदुली दर्शकमाझ बद्दो थियो । पहिलो चलचित्र ‘लालपूर्जा’ लगायत दोश्रो चलचित्र ‘लाउरे’मा काम गरिसकेकी नायिका मिरुना मगर यस चलचित्रमा काम गर्न तयार भएकी छिन् । सुरुवातमा मिरुना यो चलचित्रमा मुख्य भूमिकामा रहेको खबर आउँदा फेरि नायक प्रदिप खड्काले मिरुना चलचित्रमा भए आफूले कामै नगर्ने बताएको खबर आएको थियो ।
यस्तो खबरहरु यसै छापिएका हुन भन्दै मिरुनाले सुरुवातबाट नै आफु यस चलचित्रमा रहेको बताउदै आफू यो चलचित्रमा दर्शकका लागि सरप्राइज हुने समेत बताइन् । उन्को दोस्रो चलचित्र ‘लाउरे’ भने चल्न बाँकी नै ।






