काठमाडौं| यही जेठ १७ गते इङ्ल्यान्डको लडर्समा हुन लागेको अन्तरराष्ट्रिय ‘च्यारिटी म्याच’मा राष्ट्रिय क्रिकेट टोलिका सदस्य सन्दिप लामिछनेले विश्व एघारको प्रतिनिधित्व गर्दै वेष्ट इन्डिजबिरुद्द खेल्दै छन| बाङ्लादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाइ नाम फिर्ता लिएपछी सन्दिपले मौका पाएका हुन|
विश्व एघारमा इयान मोर्गनले कप्तानीको भूमिका निभाउनेछन् भने सन्दिप लगायत पाकिस्ग्तानी ब्याट्स्म्यान शाहीद अफ्रिदी,तामिक इकवाल,रसिद खान लगायतका टोली हुनेछ|त्यस्तै वेष्ट इन्डिजबिरुद्दको कप्तानिमा भने कर्लोस ब्राथवे हुनेछन र टोलिमा क्रिस गेल, एभिल लुविस आधी हुनेछन|
गत साल गएको आधीका कारण जिर्ण बनेको क्यारेवियन क्षेत्र पुन निर्माणका लागि गरिएको सो खेलमा सन्दिपको प्रस्तुती हेर्न दर्शकहरु पनि उत्साहित छन|भारतमा भएकै ईण्डियन प्रिमिएर लिग (आइपीएल)खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दिप लामिछानेका लागि उक्त खेल एेतिहासिक हुनेछ|







