भाटभटेनीमा विप्लव समूहले पड्कायो ग्रीनेड बम

चितवन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएका छन् ।

आइतबार विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको हो ।

‘सीसी टिभीको फुटेजबाट मोटरसाइकलमा आएका दुई मध्ये एक जनाको पहिचान हुनुका साथै , खोजी भईरहेको छ ।

आज विप्लप नेतृत्वको पार्टीले नेपाल बन्दको आयोजना गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले मोदीको भ्रमणको विरोधमा आज नेपाल बन्द आह्वान गरेका हुन् । बन्दले भने राजधानीमा कुनै असर गरेको छैन ।