आइपिएलमा कोलकाताको तुफान, पञ्जाबलाई दियो यो वर्षकै सबैभन्दा ठूलो लक्ष्य

एजेन्सी। आइपिएलको ४४ औं खेलमा किंग्स इलेभेन पञ्जाबर्ला कोलकाता नाइटराइडर्सले यो वर्षकै सबैभन्दा ठूलो लक्ष्य दिएको छ । पंजाबको होमग्राउण्ड इन्दौरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको २४५ रनको विशाल स्कोर खडा गरेको हो ।

पंजाबविरुद्ध ओपनिङ गर्न उत्रिएका कोलकाता नाइटराइडर्सका बलर सुनिल नारायणले ब्याटिङमा तुफानी इनिङ खेलेपछि कोलकाताको बलियो स्कोरको आधार तयार भएको हो । पंजाबको होमग्राउण्डमै गएर तुफानी इनिङ खेलेका नारायणले ३६ बलमै ७५ रन बनाइदिए । निकै तुफानी इनिङ खेलेका नारायणले आफ्नो इनिङमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए । कोलकाताका खेलाडीहरुले आफ्नो इनिङभर १५ छक्का र २४ चौका प्रहार गरेका थिए । अब केहीबेरमा पञ्जाब २४६ रनको विशाल लक्ष्य पच्छ्याउन मैदानमा उत्रिनेछ ।