यी हुन् एनआरएनए यूकेका खेलाडी , ३ तस्बिरमा हेर्नुस

लन्डन । सहारा युके र गैरआवासीय नेपाली संघ युके बीच फुटबल खेल हुने भएको छ । स्वाथ्यका लागि खेलकुद भन्ने नारा सहित एनआरएनए यूके र सहारा फुटबल खेल्न लागेका हुन्

फुटबल खेल आगामी १३ मे आइतबार अल्डरसटमा हुदैछ । खेलबारे जानकारी लिन पुगेका लन्डन नेपाल न्युज डटकमका सम्पादक शिब भण्डारी संग बोल्दै हामी मैत्रीपूर्ण र स्वाथ्यका लागि खेलकुद भन्ने नारा सहित मैदानमा उत्रने छौ, एनआरएन यूकेका अध्यक्ष योग फगामी एबम महासचिव आर के त्रिपाठी तथा सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ साईंलाले बताए ।सो खेलबाट संकलित रकम सहारा एकेडेमीमा खर्चिने जानकारी समेत दिए ।