मध्य रात सम्म यसरी नाचे चार्ल्टनवासी नेपाली (फोटो फिचर )

लण्डन । चार्ल्टन नेपाली समाजले आइतबार चार्ल्टनस्थित मेरिडियन स्पोर्टस सोसल क्लबमा एक शुभकामना सांझ कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली नयां वर्षको अवसरमा गरिएको उक्त कार्यक्रममा लोकदोहोरी क्षेत्रका लोकप्रिय गायकहरु विमलराज क्षेत्री, रमेशराज भट्टराई र गायिका चन्द्रा कार्कीले विशेष सांगीतिक प्रस्तुति दिए ।

बेलायत आएका चर्चित गायक गायिकाले दर्जन भन्दा बढी गीत गाएर दर्शकलाई नचाए । गायक गायिकाहरुले प्रस्तुति दिँदा अडियन्सले वान्स मोर मागिरहे ।

चार्ल्टन नेपाली समाज यूकेका अध्यक्ष टंक कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिसहित सहभागीले नयाँ वर्ष शुभकामना आदानप्रदान गरे ।

कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थिति थियो ।