काठमाडौं– सिन्डिकेटधारीको सम्पत्ति छानबिन सुरु भएपछि यातायात सुचारु भएको छ ।
सरकारले सिन्डिकेटविरुद्ध अभियान छेडेपछि आन्दोलनरत यातायात व्यवसायीहरु पछि हटेका छन् । सिन्डिकेटको पक्ष लिएर देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएपछि शनिबारदेखि यातायात सञ्चालन सुचारु भएको छ ।
यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् ।






