काठमाडौं । सार्वजनिक यातायात नचल्दा यात्रुहरु मारमा परेका छन् ।
पछिल्लो समय यातायात क्षेत्रमा देखिएको सिन्डिकेटको अन्त्यको लागि सरकार कडा रुपमा उत्रेपछि केही यातायाता व्यवसायीहरुले शुक्रबार आन्दोलन स्वरुप सार्वजनिक गाडी नचलाउँदा यात्रुहरु मारमा परेका हुन् ।
यसै गरि साझा यातायात तथा मयुरले भने सेवा दिइरहेको छ भने सरकारले सिन्डिकेटधारी यातायात व्यवसायीको आन्दोलनका कारण शुक्रबार देशैभरि रूट फ्री गरेको छ । शुक्रबार जुनसुकै सडकमा सरकारले तोकेको भाडादर लिएर सवारीसाधान चलाउन सकिने बताएको छ ।






