विमानस्थल अवरुद्ध हुँदा काँग्रेस बैठक प्रभावित !

sfFu|]; s]Gb|Lo sfo{ ;ldltsf] a}7s g]kfnL sfFu|]; s]Gb|Lo sfof{no ;fg]kfdf z'qmaf/ z'? ePsf] s]Gb|Lo sfo{ ;ldltsf] a}7sdf ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n, dxfdGqL 8f zzf+s sf]O/fnfnufot kbflwsf/L tyf s]Gb|Lo ;b:ox? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अबरुद्ध भएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक प्रभावित भएको छ । पूर्व निर्धारित तालिकाअनुसार शुक्रबार ११ बजेदेखि शुरु हुने भनिएको बैठकमा सबै नेताहरु उपस्थित हुन नसकेपछि बैठक आइतबारलाई सारिएको छ ।

कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आइतबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

केन्द्रीय नेताहरु उपत्यका बाहिरबाट आउन नसक्दा बैठक बस्न नसकेको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले बताए । ‘नेताहरु उपत्यका बाहिर हुनुहुन्छ, विमानस्थल अवरुद्ध भएकाले निर्धारित समयमा जहाज नउडेपछि उहाँहरु समयमा आउन सक्नुभएको छैन,’ नेता जोशीले बताए ।

आइतबारको बैठकमा काँग्रेस केन्द्रीय कार्यसमितिमा रिक्त रहेका तीनजना पदाधिकारीको मनोनयन गर्ने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन् । देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने नेताहरुले बताएका छन् ।

यसअघि केन्द्रीय कार्यसमितिको बैठक जारी रहेका बेला केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएकाले चैत ९ गतेबाट शुरु बैठक चैत १६ गते स्थगित भएको थियो । बिहिबार बेलुका उडान भर्ने क्रममा मालिन्दो एयरको विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएका थिए । तर, शुक्रबार १२ पछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्ण रुपमा सुचारु भएको विमानस्थल कार्यलयले जनाएको छ ।