आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार

पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपलिका–२ ईङवुङ बस्ने ४५ वर्षीय ईन्द्र नेम्वाङले आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् ।

मंगलबार बेलुका ९ बजेतिर ४१ वर्षीया श्रीमती जिवनी नेम्वाङलाई ईन्द्रले मादकपदार्थ सेवन गरी सामान्य वादविवादमा खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेकी उनको जिल्ला अस्पताल फिदिममा उपचार भइरेहको छ भने ईन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।