काठमाडौं- सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्ने भएको छ ।
२२ दिनको सार्वजनिक बिदा कटौती गर्ने तयारी गृह मन्त्रालयले गरेको छ । गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामति सेवा दिवस, शहीद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस लगायतमा दिँदै आएको विदा नै कटौतीको प्रस्ताव गरिएको छ ।
दशैंलगायतका पर्वमा दिइँदै आएको लामो छुट्टी पनि कटौती गर्ने प्रस्ताव छ । नयाँ वर्षदेखि ल्होसार, क्रिसमस, छठलगायतका केही अरु समुदायगत पर्वमा पनि सार्वजनिक विदा कटौतिको प्रस्ताव गरिएको छ। धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित मन्त्रालयले बिदा कटौतिको प्रस्ताव तयार गरेको हो ।






