सुरेन रुपाखेति ,
“म;-साथी,मे ५ तारिक ट्राफलगर स्क्वायर जाऔँ ल।बिदा मिलाउनु।
उ:-ह्या सुरेन,किन जानु पर्यो यार? बुद्ध नेपालमा जन्मेका हुन भन्ने कुरा संसारलाइ थाह छ ।जांदिन म त।”
बुद्ध फउन्डेशन यूके र लन्डन नेपाल एम्बेस्सीको संयुक्त आयोजनामा लन्डनको ट्राफलगर स्कवाएर मा बुद्ध जयन्तीको अवसर पारेर गत बर्षदेखि एउटा कार्यक्रम आयोजना गरिंदै आइएको छ।सोही कार्यक्रमको पृष्ठभूमीमा आधारित भएर सुरु भएको संक्षिप्त बार्तालापबाट यो पंक्तिकारले यो लेखको उद्घाटन गर्यो।
बुद्द,बुद्दत्व,ज्ञान र ,ध्यानको सन्देश बिश्वभर प्रसारित होस।नेपाल एउटा धार्मिक पर्यटकीय गन्तब्यको देश बनोस।लुम्बिनी केवल बुद्द धर्मावलम्बीहरुको मात्र नभएर आत्मिक सुख शान्ति खोज्ने हरेक मानिसको पवित्र तीर्शस्थल बनोस भन्ने हेतुका साथ मनाइने यस पावन कार्यक्रममा उपस्थित हुन भनिने निम्तालुहरु मध्य केहीको प्रतिनिधी भनाइ माथि उल्लेख गरिए झैं हुन्छ।
निशन्देह; नेपाल बुद्द जन्मेको देश हो।यस पवित्र जन्मभूमी बारे नत कुनै बिवादास्पद टिकाटिप्पणी सुहाउंछ नत बिरोधाभाषपूर्ण कुनै अभिब्यक्ति सह्य हुन्छ।अपितु; यसको बिराटता,विशलता र परम शान्तिको समचार अनन्त सम्म फैलिनपर भन्नेमा कुनै दुबिधा छैन।दिग्दिगान्त बुद्दत्वको मीठो सुवास संसारभरी छर्न सानातिना होस वा महान जस्तोसुकै कार्यक्रमहरु कोसेढुंगा साबित हुन्छन भन्ने कुरा निर्विवादित नै हुन्छ।फलत; यसै कामको महान यज्ञमा एउटा सानो कार्यक्रमले योगदान दिने जमर्को गरिएको छ।
भौतिकता,यान्त्रिकता र देखावटीपन ग्रस्त बनेको आजको मानव जाति आत्मिक सुख,शान्ति र अमनको लागि तड्पिरहेको हुन्छ।सबथोक पाएर पनि आफूलाइ अपूरो महसुस गरिरहेको छ।अपनत्वको सहि मूल्य नजानेर मूल्यहीन सम्झिरहेको छ।
यिनै आधुनिकता र मौलिकता,बाहिरीपन र आत्मिकता वीचको फरकलाइ सप्रसंग्ग बुझाउन सिद्दार्थ गौतमले ३५ बर्षको आयुमा भारतको बोधगयामा ज्ञानको आलोक प्राप्त गरेका थिए।सांसरिक र आत्मिक कुराहरुको मनग्य जबाफ उनका बाणी,आदर्श र भनाइहरुमा पाउन सकिन्छ।संसारका लाखौं मान्छेहरु आजपनि यिनै महत्वपूर्ण शिक्षाबाट लाभन्वित भैरहेका छनभने करौडौं जनसंख्याले यसैलाइ मूलधर्म मानेर अनुसरण गरिरहेको छ।यध्धपि शुद्दीकरणमय संवाहको यो प्रकिया र गति दुबै प्रशस्त छैनन।यिनीहरुलाइ अगाडि बढाउनको लागि हजारौं ठाँउहरु रिक्त छन।
सयौं कार्यक्रमहरुको कमी छ।यथेष्ट जानकारीको अभाव र अन्तराष्ट्रियकरणको अभावमा यसको मूल मर्म जनजनमा प्रसारिच नहुने गुन्जायस त्यत्तिकै रहन्छ।यसै स्वरुप हामीले मनाउन लागिरहेको यस बुद्द जन्मोत्सवमा हजुरहरुको पावन उपस्थितिले हाम्रो संस्थाको गरिमा त यसै बढ्नेछ साथै एउटा नेपालीको नाताले बुद्दत्व र लुम्बिनीको बारे प्रचारप्रसार गर्ने एउटा नैतिक र स्वस्फूर्त दायित्व पनि पुरा हुनेछ।
तसर्थ आगामी मे ५ तारिक लन्डनको आकर्षण ट्राफलगर स्क्वायरमा दीप प्रज्वलन गरिनेछ।साथै बिबिध ज्ञानमूलक कार्यक्रमको साथ यस जयन्ती मनाउने तयारी भैरहेको छ।बुद्द फाउन्डेशन यूकेको सचिवको नाताले बेलायतमा बस्ने सम्पूर्ण नेपाली,गर नेपाली र बुद्द प्रेमीहरुको सादर उपस्थितिको लागि यसै लेखबाट हार्दिक निमन्त्रणा गर्न चाहन्छु।
लेखक;-सुरेन रुपाखेति
सचिब,बुद्द फाउन्डेशन
यूके।






