यूसीएल नेपाली विद्यार्थी समाजको अध्यक्षमा शाहिल कैनी चयन

लन्डन– युनिभर्सिटी कलेज लण्डन (यूसीएल) को नेपाली विद्यार्थी समाजको अध्यक्षमा शाहिल कैनी चयन भएका छन् ।

यूसीएलको भेलाले कैनीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । रोहण रेग्मी उपाध्यक्ष, प्राग खनाल महासचिव र अभियान भण्डारी कोषाध्यक्ष चुनिएका छन् ।

त्यसै गरी गभिथुसन जयकुमार इभेन्ट अफिसर, गणेश खड्का वेलफेयर अफिसर एवं सोसाइटी प्रतिनिधि, आदित्य निरौला सोसिएल मिडिया अफिसर र आदर्श अर्याल सांस्कृतिक निर्देशकको रुपमा चुनिएका छन् ।

समाजको अध्यक्षमा निर्वाचित कैनी डार्टफोर्डका काउन्सिलर डा बच्चुकैलाश कैनी पुत्र हुन् ।

सन २०१४ मा स्थापित यूसीएल नेपाली विद्यार्थी समाजले नेपाली विद्यार्थीहरुको बीचमा भाइचारा बढाउने, अन्तरक्रिया गर्ने, एकआपसमा सहयोग गर्ने, नेपाल र नेपालीलाई चिनाउने उद्देश्य लिएको छ ।