काठमाडौं– संघीय संसद्को प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुदैछ ।
उपसभामुख पदमा वाम गठबन्धनबाट एमाले नेतृ शिवमाया तुम्बाहाम्फे र काँग्रेस नेतृ पुष्पा भुसालबीच प्रतिश्पर्धा हुँदैछ । उपसभामुखका लागि आज दिउँसो १ बजे संसद बैठकमार्फत मतदान हुँदैछ ।
संसदमा वाम गठबन्धनको बहुमत रहेकाले तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।
सरकारमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादी फोरम र सरकारलाई समर्थन गरेको राजपालगायतका सांसदले एमाले नेतृ तुम्बाहाम्फेको पक्षमा मतदान गर्ने भएका छन् ।
उपसभामुख पदमा एमालेबाट उम्मेदवारी दिएकी शिवमाया तुम्बाहाम्फेले ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति प्रारम्भ गरेकी हुन् ।






