गणेश तिमिल्सेना राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, को हुन् तिमिल्सेना ?

काठमाडौं– राष्ट्रिय सभाको अध्यक्षमा गणेश तिमिल्सेनालाई बनाउने वाम गठबन्धनले निर्णय गरेको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सबै नेताहरुसँग समन्वय गरेर गणेश तिमिलसेनालाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको सुवास नेम्वाङले जानकारी दिए ।

अध्यक्षका अर्का आकांक्षी परशुराम मेघी गुरुङ भने राष्ट्रिय सभाको प्रमुख नेता हुने छन् ।

गठबन्धनको निर्णयसँगै सोमबार उनले मनोनयन दर्ता गराउँदैछन् ।
राष्ट्रिय सभामा कुल ५९ जनामध्ये ५६ जनाले मात्र भोट हाल्न पाउँछन् । एमालेबाट २७, कांग्रेस १३, माओवादी १२, फोरम दुई र राजपा दुई सदस्य छन् ।

को हुन् तिमिल्सेना ?
एमाले नेता तिमिल्सेना प्रदेश ४ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका हुन् ।

पार्टीमा लामो समय काम गरेकाले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने तिमिल्सेनाले दाबी गर्दै आएका थिए ।

उनी पहिलोपटक राष्ट्रिय सभामा सांसद भएका हुन् । तिमिल्सेना संसदीय अभ्यासमा नयाँ हुन् ।

तिमिल्सेना एमालेमा ओली समूहका नेता हुन् ।