लन्डन । बेलायतको अल्डर्सटमा एक ७५ वर्षीय बृद्ध भूपू गोर्खाको हत्या गरेको अभियोगमा ८ वर्षको जेल सजाय सुनाइएको छ ।
सन २०१७ को मार्च महिनाको १० तारिखमा मान बहादुर लिम्बुको हत्या गर्ने ५१ वर्षीया सुनमाया तामाङले ८ वर्षको जेल सजाय पाएकी हुन् ।
इङल्यान्डको सेन्ट्रल क्रिमिनल कोर्ट्ले सुनमायालाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । सुनमायाले अल्डर्सटस्थित आफ्नै घरमा आएका लिम्बूलाई घाटी अठ्याएर हत्या गरेकी थिइन् ।
अदालतसामु बयानका क्रममा सुनमायाले उनीहरु दुई बीचको विवादपछि लिम्बू आक्रामक भएको र आफुले प्रतिरक्षा गर्ने प्रयास गर्दा उनको मृत्यु भएको बताउदै आएकी थिइन् । तर सुनमायाले नियतवश नै हत्या गरेको ठहर अदालतले गरेको छ ।
हत्यापछि लिम्बुको शब सुनमायाकै भान्सा कोठाको भुइमा लडेको अवस्थामा सुनमायाकी छोरीले फेला पारेकी थिइन् । सुनमाया भने लिम्बुको हत्या गरिसकेपछि उनको घरमा गएर लिम्बुकी श्रीमति लाई ज्यान मार्ने धम्कीसहित आक्रमण गरेर घाइते बनाएकी थिइन् ।






