विश्वकप क्रिकेट छनोटः नेपाल आज स्कटल्याण्डसँग खेल्ने

काठमाडौं। जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ ।

खेल जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा नेपाली समय अनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ। नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ। नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन।

प्रतियोगितअन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा छ ।