लन्डन- एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले “सामुदायिक बाल उद्धार केन्द्र” काठमाडौंलाई २ लाख सहयोग रकम सहयोग गरेको छ ।
भेट्रानले एक च्यारीटी फुटबल खेलको आयोजना गरी सो रकम हस्तान्तरण गरेको हो । गत सन् २०१८ फेब्रुअरी २४ तारिखको दिन काठमाडौंमा प्रतियोगिता आयोजना गरिएको थियो । उक्त खेल समाप्त पछि “सामुदायिक बाल उद्घार केन्द्र” काठमाडौंलाई २ लाख सहयोग रकम हस्तान्तरण गरियो ।
टिमकोच लोक चेम्जोङले बताए अनुसार दोस्रो च्यारिटी खेल मार्चको ३ तारिख पोखरामा साहारा क्लबको आयोजनामा खेलहरु खेलेर साहारा युथक्लबलाई सहयोग रकम हस्तान्तरण गर्ने क्लबको प्रारम्भिक योजना रहेको जानकारी दिए ।
क्लबको योजना रहेको क्लबका प्रवन्धक बुद्धि सुनुवारका अनुसार नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको इतिहाससँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो ।
काठमाडौंमा खेलिएको खेलमा “एमएस सेन्टर” र एफ्सी केन्ट गोर्खा भेट्रान बेलायत बिच खेलिएको खेलमा नेपालका कलाकारहरु धीरेन शाक्य लगायतको उपस्थिति रहेको थियो ।







