रुपन्देही। गुण्डा नाइकेका रुपमा परिचित मनोज पुनसहित दुई जनाको प्रहरी कारबाहीमा परेर मृत्यु भएको छ ।
गएराति रुपन्देहीको देवदह–४ भवानीपुरमा आपराधिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको मृत्यु भएको हो ।
पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गर्दा उनीहरुको मृत्यु भएको रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।
घटनालगत्तै उनलाई लुम्बिनी अञ्चल अस्पताल, बुटवल लगिएपछि चिकित्सकहरुले मृत घोषित गरेका थिए ।






