अमेरिकामा गोली काण्ड : १७ जनाको मृत्यु

लन्डन । अमेरिकामा विद्यालयमा गोली काण्ड हुदा १७ जनाको मृत्यु भएको छ । पार्कल्याण्ड, फ्लोरिडास्थित एक उच्च माध्यमिक विद्यालयमा १९ वर्षिय युवकले जथाभावी गोली चलाउँदा १७ जनाको मृत्यु भएको हो ।

अन्तराष्ट्रिय संचारमाध्यमले जनाएअनुसार निकोलस क्रुज नाम गरेका ती युवकले विद्यालयमा गोली चलाउनु पूर्व त्यहाँको फायर अर्लाम बजाएका थिए। ती युवकलाई विद्यालयले अनुशान सम्बन्धी कारवाही गर्दै केही महिना अघि मात्रै निष्काशन गरेको बताइएको छ।

स्थानीय समय अनुसार बुधबार दिउँसो भएको उक्त घटना २०१२ यता स्कुलमा भएको घटनापछिको ठूलो हो। २०१२ मा केन्टकीको एक स्कुलमा भएको गोली प्रहारबाट २६ जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार क्रुजले ३ जनालाई विद्यालय बाहिरै गोली प्रहार गरी हत्या गरेर भित्र प्रवेश गरेका थिए। उनले प्रहार गरेको गोली लागी १२ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो।