पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री

पोखरा- एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् ।

आइतबार भएको संसदीय दलको निर्वाचनमा गुरुङको एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भए । स्थायी समिति सदस्य तथा प्रदेश ईञ्चार्ज किरण गुरुङ सहमतिमा पछि हटेपछि एमाले सचिव गुरुङ मुख्यमन्त्री बन्ने पक्का भएको हो । नेता चयन गर्न आइतबारलाई समय तोकिएको थियो ।

प्रदेशसभा सदस्यहरूको शपथ र राष्ट्रिय सभाको निर्वाचनसमेत सम्पन्न भएपछि एमालेका दुवै नेताले मुख्यमन्त्री पदमा आ–आफ्नो दाबी गर्दै आएका छन्। गुरुङद्वयले प्रदेशसभा निर्वाचनको प्रचारदेखि नै मतदातामाझ आफू प्रदेशको मुख्यमन्त्री बन्ने दाबीसहित मत मागेका थिए।